युनाईटेड मोदी हाइड्रोपावरको शेयर बाँडफाँड, साना लगानीकर्ता लाभान्वित

 

20160921_111030

पर्वत,मोदीखोलामा दुई वटा जलबिद्युत आयोजनाको प्रर्बद्धन गरेको निजी क्षेत्रको युनाईटेड मेदी हाइड्रोपावर लिमिटेडले पर्वत जिल्लाबासीका लागि खुल्ला गरेको साधारण सेयर बाँडफाँड गरेको छ ।
निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावरले पर्वत जिल्लाका बासिन्दालाई मात्रै लक्षित गरि ११ लाख ५० हजार कित्ता साधारण सेयर बाँडफाँड गरेको हो । कम्पनीले कार्तिक १९ गते सेयर बाँडफाँड गरेको थियो ।
कम्पनीले दिएको जानकारी अनुसार रितपुर्वक आबेदन गरेका ११ हजार ४ सय ४ जना आवेदकलाई सेयर बाँडफाँडमा सामेल गरिएको छ। ५० हजार सम्मको ५ सय कित्ता आवेदन गर्नेहरु साना लगानीकर्ता र त्यसभन्दा बढी लगानी गर्नेहरुलाई ठुला लगानीकर्ता मानी सेयर बाँडफाँड गरिएको प्रबन्ध निर्देशक सुधिर तिमिल्सीनाले न्युज डबलीलाई जानकारी दिए । साना लगानीकर्तालाई ४० प्रतिशत र ठुला लगानीकर्तालाई ६० प्रतिशतका दरमा बाँडफाँड गरिएको छ।
सेयर बाँडफाँड हुँदा ५ हजार देखि ५० हजार सम्मको आबेदन गर्ने साना लगानीकर्तालाई बढी सेयर परेको छ भने ५० हजार भन्दा बढी सेयर आवेदन गर्नेमा कम लाभान्वित भएका छन । सबैभन्दा कम ५ हजारको २० प्रतिशत १० लाख भर्नेलाई ५ प्रतिशत सेयर परेको छ। यसले गर्दा ५ सय कित्ता सेयर आवेदन गर्नेले १० कित्ता सेयर पाएको छ भने १० हजार कित्ता भर्नेले ५ सय १९ कित्ता सेयर सेयर पाएका छन
कम्पनीले आयोजना प्रभावित पर्वतका बासिन्दाका लागि गएको भदौ २६ गते देखि असोज ८ गते सम्म सेयर आवेदन माग गरेकोमा १ करोड ७३ करोड कित्ता शेयर आबेदन परेको थियो । कम्पनीले माग गरे भन्दा १५ गुणा बढी सेयर आबेदन भएका थिए । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले११ करोड ५० लाख रुपैयाको शेयर आबेदन भएकोमा १ अर्ब ७३ करोड आबेदन संकलन भएको छ। आबेदन परेका सेयरको अहिले पुनरावलोकनको काम भैरहेको छ ।
कम्पनीले कार्तिक २४ गते देखि सेयर बाँडफाँड बितरण गर्ने जानकारी दिएको छ। अहिले खुला गरिएको सेयर युनाइटेड मोदी हाइड्रोपावर कम्पनीसँगै नयाँ बन्न लागेको तल्लो मोदी जलविद्युत् आयोजनासमेतका लागि हिस्सेदार हुने कम्पनीले जनाएको छ । निर्माणको तयारी भएको साढे १० मेगावाटको तल्लो मोदी ‘बी’ जलविद्युत् आयोजना सहित युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई सेयर खुला थियो ।युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले आउँदो मंसिरदेखि मोदीखोलामा साढे १० मेगावाटको दोस्रो जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । यसअघि २०६९ मा निर्माण सम्पन्न भएको तल्लो मोदी ‘ए’ को उपलब्धिसँगै वातावरणीय प्रभाव मूल्यांकन सुरु गरेको कम्पनीले भौगोलिक अध्ययन सकेर पहिलो आयोजना नजिकैबाट दोस्रो आयोजना सुरु गर्न लागेको जनाएको छ । दोस्रो आयोजनाका लागि सम्पूर्ण तयारी सकेर सर्वसाधारणसँग लगानीका लागि सेयर बिक्री गरेको हो ।सेयर बाँडफाँड सम्बन्धी सुचना तलको लिंक हेरौ 

allotment-notice_unioted-modi

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’